श्याम कुमार श्रेष्ठलाई पूरानै ठाउँमा फर्किन मन्त्री ढुंगेलको आग्रह



२२ पुस, रामेछाप ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले नेकपाका केन्द्रीय सदस्य श्याम कुमार श्रेष्ठलाई पूरानै ठाउँमा आउन आग्रह गरेका छन् ।
नेकपा ओली समुहको जिल्ला कमिटीको भेललाई सम्बोधन गर्दै उनले विघटित प्रतिनिधिसभा सांसद एवं प्रचण्ड–नेपाल समुहका रामेछापका सह–इन्चार्ज श्रेष्ठलाई पूरानै ठाउँमा फर्किन आग्रह गरेका हुन् । मन्त्री ढुंगेलले राष्ट्रवादी प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एकताबद्ध हुन प्रचण्ड–नेपाल समुहका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्