मन्थली नगर कमिटीका अध्यक्ष अधिकारी ओली समुहमा खुले



२२ पुस, रामेछाप ।
मन्थली नगर कमिटीका अध्यक्ष कृष्णहरि अधिकारी नेकपा ओली समुहमा खुलेका छन् । यसअघि तटस्थ बस्ने भनिए पनि आज भएको ओली पक्षको जिल्ला कमिटीको भेलामा अधिकारी ओली पक्षमा खुलेका हुन् । अधिकारी मन्थली नगरपालिका–१२ का वडा अध्यक्ष समेत हुन् । मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेत भने प्रचण्ड–नेपाल पक्षमा खुलेका छन् ।

प्रतिक्रिया दिनुहोस्