नेकपा ओली समुह रामेछापद्धारा आठ वटै स्थानीय तहमा भेला आयोजना, कुन स्थानीय तहमा कहिले ?



२३ पुस, रामेछाप ।

नेकपा ओली समुह रामेछापले जिल्लाको आठ वटै स्थानीय तहमा भेलाको कार्यक्रम सार्वजनिक गरेको छ । स्थानीय कमिटीमा प्रचण्ड–नेपाल पक्षमा लागेर खाली भएका स्थायी नगर र गाउँ कमिटीको अध्यक्ष र सचिवको साथै पदाधिकारी समेत चयन गर्नेछ ।

जिल्ला भेलाले अध्यक्षमा आनन्द श्रेष्ठ र सचिवमा पुरुषोत्तम कडेरियालाई चयन गरेपछि आज बसेको पदाधिकारीको बैठकले जिल्लाको आठ वटै स्थानीय तहमा कार्यक्रम सार्वजनिक गरको । घोषित कार्यक्रम अन्तर्गत माघ ३ गते रामेछाप नगर कमिटी र उमाकुण्ड गाउँ कमिटी, माघ ५ खाँडादेवी र लिखु तामाकोसी गाउँ कमिटीमा भेला आयोजना गरिएको छ ।

त्यसैगरी माघ ६ गते दोरम्बा गाउँ कमिटी, माघ ७ गते सुनापती गाउँ कमिटी र मन्थली नगर कमिटीको साथै माघ ९ गते गोकुलगंगा गाउँ कमिटीमा भेला आयोजना गरिएको छ । भेलाले खाँडादेवी, दोरम्बा गाउँ कमिटीको अध्यक्ष चयन गर्नेछ ।
नेकपा ओली समुहका रामेछापका कार्यालय सदस्य एवं खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले स्थानीय कमिटीहरुको भेला मार्फत पार्टी एकतलाई सुदृढीकरण गर्ने अभियान सञ्चालन गर्न लागिएको बताए ।
आठ वटा स्थानीय कमिटीमा आयोजना हुने भेलालाई केन्द्रीय सदस्य एवं जिल्लाका पदाधिकारीले सम्बोधन कार्यक्रम रहेको तामाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्