नेकपा प्रचण्ड–नेपाल समुह संविधान लिएर जिल्ला प्रशासन कार्यालय रामेछाप जादै



२४ पुस, रामेछाप ।
प्रतिनिधिसभा संसद विघटनको विरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–नेपाल समुहले आज जिल्ला प्रशासन कार्यालय रामेछापमा संविधान बुझाउदैछ । प्रचण्ड नेपाल समुहले संविधानमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीलाई नरहेको जानकारी गराउन प्रमुख जिल्ला अधिकारी मार्फत संविधान बुझाउन लागेको हो ।
प्रचण्ड नेपाल समुह रामेछापका सचिव शान्ति पौडेलले असंवैधानिक कदमको बारेमा संविधान पुनः पढन प्रधानमन्त्री ओलीलाई आग्रह गर्नको लागि जिल्ला प्रशासन कार्यालय मार्फत संविधान पठाउन लागिएको बताए ।
आज प्रचण्ड–नेपाल समुह रामेछापका जिल्ला देवशकंर पौडेलको नेतृत्वमा रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन शर्मालाई संविधान बुझाइने कार्यक्रम रहेको छ । आन्दोलनरत उक्त समुहले आज ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई संविधान पठाउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्