रामेछापमा अहिलेसम्म हुन नसकेको विकास भएको छः मन्त्री ढुंगेल



२४ पुस, रामेछाप ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले रामेछाप जिल्लामा अहिलेसम्म हुन नसकेको विकास निर्माणको काम भएको बताएका छन् । उनले जिल्लाभित्र धमाधम विकास निर्माणको काम अगाडि बढेपछि आफ्नै पार्टीभित्रबाट समेत विरोध भएको बताएका हुन् । तीन तहको सरकारले गरेको राम्रो कामलाई आफ्नै पार्टीबाट निस्तेज बनाउने खेल भएको आरोप लगाउदै नेकपाका केन्द्रीय सदस्य समेत रहेका मन्त्री ढुंगेलले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा विकासको लहर सुरु भएपछि पार्टीभित्रबाटै विरोध भएको बताए ।

सरकारले केही पनि काम गरेन भन्ने, राम्रो काम देख्दै नदेख्निे प्रवित्ति बढयो, राम्रो कामको अपनत्व पार्टीले नलिएपछि सरकारले गरेको राम्रो कामको प्रचार ससले गर्छ ? उनले भने । मन्त्री ढुंगेलले सदरमुकाम मन्थलीबाट जिल्लाको सात वटै स्थानीय तहसम्म जोडने मु्ख्य सडक कालोपत्रे गर्ने काम अगाडि बढेको बताउदै तीन बर्षको अवधिमा मात्र जिल्लामा चालिस किलोमिटर सडक कालोपत्रे भएको बताए ।

जिल्लाभित्र पुष्पलाल चक्रपथ निर्माणको काम अगाडि बढेको बताउदै उनले सडक मात्र नभई कृषि क्षेत्रमा पनि ठूला कार्यक्रम सञ्चालन भइरहेको बताए । खेलकुद मैदान, चिस्यान केन्द्र हरेक स्थानीय तहमा अस्पताल निर्माणको काम यही सरकारले अगाडि बढाएको मन्त्री ढुंगेलले बताए ।

उनले भने,‘विकास निर्माणको कुरा गर्दा रामेछापमा कैलाश ढुंगेलको नाम लिनु पर्छ, मेरो नाम लिनु भन्दा केही भएको छैन भनिदियो ।’ बागमती प्रदेशको १३ जिल्ला मध्ये विकास निर्माणको दृष्टिकोणले पछाडि परेको रामेछापलाई माथि उठाउन आफूले पार्टी नेतृत्वलाई कन्भिन्स गरेरै  धेरै बजेट हालेको बताउदै मन्त्री ढुंगेलले भने,‘समाजवादको बाटो रामेछापबाट सुरु हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्