उमाकुण्ड गाउँपालिकाकी एक गर्भवती महिलालाई हेलिकोप्टरबाट निशुल्क उद्धार



२४ पुस, रामेछाप ।
रामेछापको उमाकुण्ड गाउँपालिकाका एक महिलाको गाउँको स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि हेलिकोप्टर मार्फत निशुल्क उद्धार गरेर काठमाडौं पठाइएको छ । उमाकुण्ड गाउँपालिकामा लागू भएको राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत पहिलो पटक उमाकुण्ड गाउँपालिका–२ बाम्ती निवासी मेनुका कार्कीलाई हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले गाउँमा सुत्केरी हुन नसक्ने अवस्था आएपछि निशुल्क रुपमा गर्भवती महिलालाई थप उपचारको लागि काठमाडौं पठाइएको रामेछाप न्युजलाई बताए । रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माको समन्वयमा गर्भवती महिलाको उद्धार गरिएको हो ।

यसअघिका रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको पहलमा जिल्लाको उमाकुण्ड गाउँपालिकाभित्रको गर्भवती र सुत्केरी हुन सकेको महिलालाई निुशल्क उद्धार गर्ने महिला बालिबालिका मन्त्रालयले निर्णय गरेको थियो । उक्त निर्णय आजबाट कार्यान्वयनमा आउने भएको छ । गाउँपालिकाकाले सबै वडाभित्र हेलिप्याड समेत निर्माण गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्