सरकारको विरुद्ध कांग्रेसद्धारा रामेछापमा विरोध प्रदर्शन



२५ पुस, रामेछाप ।
प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेपाली काग्रेस रामेछापले जिल्लामा विरोध प्रदर्शन गरेको छ । पार्टीको घोषित आन्दोलनको कार्यक्रम अन्तर्गत कांग्रेसले शनिवावर जिल्लाका दुवै वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको हो ।

कांग्रेसले प्रदेश निर्वाचन क्षेत्र (क) अन्तर्गत मन्थली नगरपालिका–३ कठजोरको ठाटी र प्रदेश निर्वाचन क्षेत्र (ख) को मन्थली नगरपालिका–७ भटौलीमा विरोध प्रदेश गरेको छ । विरोध सभालाई सम्बोधन गर्दै कांग्रेस रामेछापका सभापति लवश्री न्यौपानलेले संसद विघटन असंवैधानिक कदम भएको बताए । उनले संविधानमै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गर्नु गलत भएको बताए ।

त्यसैगरी कांग्रेस रामेछापका पूर्व सभापति रामचन्द्र खडकाले प्रधानमन्त्री ओलीको कदम लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने घातक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्