रामेछापमा पहिलो पटक बन्यो धरहरा



२५ पुस, रामेछाप ।
रामेछाप जिल्लामा पहिलो पटक नमूना धरहरा निर्माण भएको छ । रामेछापका सहयोगी मनहरु (रासम)को सक्रियतामा जिल्लामा निर्माणाधिन अवस्थामा रहेको विटार पार्कमा नमूना धरहरा निर्माण भएको हो । नेशनल ब्रिडिङ् फार्म प्रालि रामेछापले नमूना धरहरा निर्माण भएको हो । नमूना धरहरा बिटार पार्कको आर्कषण बनेको छ । प्रालिकाका प्रोपाइटर रुद्र कुमार श्रेष्ठ विश्वास श्रेष्ठ र भरत श्रेष्ठको लगानीमा नमूना धरहरा निर्माण भएको हो । करिब दुई महिनामा तयार भएको धरहराको उचाई २२ फिट रहेको छ ।

धरहरा निर्माण अभियानमा लागेका नेसनल ब्रिडिङ् प्रालिका प्रोपाइटर रुद्र कुमार श्रेष्ठले जिल्लाकै नमूना पार्कमा थप आर्कषण थप्नको लागि नमूना धरहरा निर्माण गरिएको रामेछाप न्युजलाई बताए ।

उनका अनुसार अहिले पार्क घुम्न आउने आन्तरिक पर्यटकहरुको रोजाइमा धरहरा परेको छ । करिब २ लाख रुपैयाँमा तयार भएको नमूना धरहराले विनाशकारी भुकम्पले भत्काएको धरहराको झल्को दिने गरी निर्माण गरिएको छ । शनिवार एक कार्यक्रमकोबीच रामेछाप नगरपालिकाका नगरप्रमुख नरबहादुर थापा मगरले निर्माण सम्पन्न भएको धरहरा रासमलाई हस्तान्तरण गरे ।

नमूना धरहरा हस्तान्तरण कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा , मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेत लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्