प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने



६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभा विघटन भएपछि आज राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्न लागेका हुन् । उनले आज दिउँसो १ बजे सम्बोधन गर्ने छन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रिय सभामा पनि असंवैधानिक कदम भन्दै सांसदहरुले विरोध गरिरहेका छन् । सांसदहरुको संसद विघटन गर्ने कदमको विरुद्धमा आवाज उठाइरहेको बेला आज प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभालाई सम्बोधन गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्