राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय



२६ पुस, काठमाडौं ।
सरकारले राष्ट्रिय सभाको अधिवेशन अन्त्यका लागि राष्ट्रपति कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिको कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिनिधि सभा विघटन भएपछि पुस १७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा राष्ट्रियसभाको हिउँदे अधिवेशन आह्वान गरेकी थिइन् ।

अधिवेशन शुरु भएको १० दिनमै सरकारले बन्द गर्न राष्ट्रपतिको कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । प्रतिनिधि सभा विघटन भइसकेको अवस्थामा राष्ट्रियसभामा कुनै पनि विजनेश नभएको भन्दै अधिवेशन बन्द गर्न सिफारिस भएको ती मन्त्रीले जानकारी दिए ।
अधिवेशन अन्त्य हुनु अघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभालाई सम्बोधन गर्दैछन् ।उनले अहिले केहीबेरमा राष्ट्रियसभालाई सम्बोधन गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्