रामेछाप जिल्लाभर चुनावी अभियान चलाउछौः अध्यक्ष श्रेष्ठ



२७ पुस, रामेछाप ।
नेकपा ओली समुह रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले जिल्लाको आठ वटै स्थानीय तहमा चुनावी अभियान सञ्चालन गरिने बताएका छन् । उनले सरकारले घोषणा गरेको चुनावको तयारीको लागि जिल्लाको ६४ वटै वडामा चुनावी अभियान सञ्चालन गरिने बताएका हुन् ।

रामेछाप न्युजसँग कुराकानी गर्दै अध्यक्ष श्रेष्ठले जिल्लाको आठ वटै स्थानीय तहमा भेलाको आयोजना गरिएको बताउदै पार्टी सदृढिकरण अभियान पनि एक साथ अगाडि बढाइने बताए । पार्टी कमिटीको पुर्नगठन, भेला, चुनावी अभियान र अभिमुखिकरण कार्यक्रम एक साथ अगाडि बढाउने योजना बनाएका छौ, उनले भने ।

नेकपा ओली समुह रामेछापले माघ ३ गतेदेखि ९ गतेसम्म जिल्लाको आठ वटै स्थानीय तहमा भेला गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । भेलाले स्थानीय कमिटीको पुर्नगठन गर्ने रिक्त रहेको पदाधिकारी चयन गर्ने श्रेष्ठले जानकारी दिए । उनका अनुसार स्थानीय तहको भेला सकिए लगत्तै ६४ वटै वडामा पार्टी सुदृढिकरण अभियान अगाडि बढाइनेछ ।

प्रतिक्रिया दिनुहोस्