प्रचण्ड–नेपाल समुहद्धारा ओली समुहका अध्यक्ष श्रेष्ठ र सचिव कडरियामाथि कारवाही



२७ पुस, रामेछाप ।
दुई समुहमा विभाजित नेकपाभित्र एक समुहले अर्को समुहलाई कारवाही गर्ने कामलाई तीब्रता दिएको छ । नेकपा केपी ओली समुहले जिल्ला अध्यक्षमा आनन्न श्रेष्ठ र सचिवमा पुरुषोत्तम कडरियालाई चयन गरेपछि प्रचण्ड–नेपाल समुहले दुवै जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।
प्रचण्ड–नेपाल समुह रामेछापका सचिव शान्ति पौडेलले पार्टीको हित विपरीत काम गरेकाले आनन्द श्रेष्ठ र पुरुषोत्तम कडरियालाई पार्टीको साधारण सदस्यसम्म नरहने गरी निस्कासन गरिएको बताए । उनले  अनुसार  पार्टीको अनुशासन विपरीत काम गरेकाले दुवै जनालाई पार्टीले कारवाही गरेको हो । ‘बहुमतमा रहेको कमिटीमा अल्मतमत पक्षले कमिटी गर्नु गलत हो’, सचिव पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस्