रामेछापमा बोलेरो गाडी दुर्घटना



२७ पुस, रामेछाप ।
रामेछापमा आज साँझ बालेरो गाडी दुर्घटना भएको छ । मन्थली नगरपालिका–११ स्थित गेलुको दधिनी भन्ने स्थानमा आज साँझ बोलेरो गाडी दुर्घटना भएको हो । गेलुको नाटिलाबाट सोही वडाको डाँडागाउँ तर्फ जादै गरेको बा १८ च ६९४३ नम्वरको बोलेरो गाडी दुर्घटना हुँदा गाडीमा सबार ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी बसन्त पाठकले घाइते मध्य भीमबहादुर मगरको अवस्था गम्भिर रहेको जानकारी दिए । उनका अनुसार गाडी दुर्घटनामा परी मन्थली नगरपालिकाका–११ का तुलाध्वज मगर, बालकुमार अच्छामी मगर, टंकबहादुर अच्छामी मगर, मन्थली नगरपालिका–१० का ललितबहादुर मगर र भिमवहादुर पुलामी मगर घाईते भएका छन् । दुर्घटनापछि गाडीका चालक भने फरार रहेको बताउदै डिएसपी पाठकले चालकको खोजी कार्य भइरहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्