रामेछापमा बोलेरो दुर्घटनाः गम्भीर घाइतेलाई काठमाडौं पठाइयो



२७ पुस, रामेछाप ।
रामेछापमा आज साँझ बालेरो गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएका दुई जनालाई थप उपचारको लागि काठमाडौं पठाइएको छ । मन्थली नगरपालिका–११ गेलुको खानीखोला स्थित गेलुको दधिनी भन्ने स्थानमा दुर्घटना हुँदा घाइते भएका छ जना मध्ये गम्भीर घाइते भएका दुई जनालाई थप उपचारको लागि काठमाडौं पठाइएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले घाइते मध्ये भीमबहादुर मगर र ललित बहादुर मगरलाई थप उपचारको लागि काठमाडौं पठाइएको जानकारी छ । घाइते मध्ये एक जनताको तामाकोसी अस्पताल मन्थलीमा उपचार भइरहेको र तीन जना डिस्चार्ज भइसकेको उनले बताए । गाडी चालक मन्थली नगरपालिका–१०का प्रकाश भण्डारीको खोजी कार्य जारी रहेको डिएसपी पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस्