सरकारले बचायो रामेछाप गुम्देलकी सुत्केरी महिलाको ज्यान



२८ पुस, रामेछाप ।
उमाकुण्ड गाउँपालिका–१ गुम्दलकी २८ बर्षिय सुत्केरी सुमित्र विक (रामप्यारी) लाई अत्याधिक रक्तसराप भएपछि सरकारले हेलिकोप्टर मार्फत निशुल्क उद्धार गरेर थप उपचारको लागि काठमाडौं पठाइएको छ । सोमवार राती सुत्केरी भएकी बिकलाई अत्याधिक रत्तसराप भएपछि गाउँमा उपचार हुन नसकेपछि हेलिकोप्टर मार्फत काठमाडौं पठाइएको हो ।

रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले गाउँपालिकाले जानकारी गराएसँगै आज बिहान दस बजे हेलिकोप्टर मार्फत सुत्केरी महिलालाई काठमाडौं पठाइएको रामेछाप न्युजलाई बताए । उनका अनुसार हेलिकोप्टर मार्फत उद्धार गरिएकी महिलाको उपचार समेत सरकारले निशुल्क गर्नेछ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम लागू भएपछि उमाकुण्ड गाउँपालिकाका सुत्केरी र गर्भवती महिलाको गाउँमा उपचार हुन नसकेको अवस्थामा सरकारले निशुल्क रुपमा उद्धार गर्ने गरेको छ । कार्यक्रम लागू भएपछि यसअघि एक गर्भवती महिनाको पनि निुशल्क उद्धार गरिएको थियो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम लागू भएपछि गाउँपालिकाभित्रका उपचार हुन नसक्ने सुत्केरी र गर्भवती महिलाहरुलाई जिल्ला प्रशासन कार्यालयको समन्वयमा उद्धार गर्न सकिएको उमाुकण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले बताए ।

प्रतिक्रिया दिनुहोस्