नेकपा ओली समुह रामेछापबाट थप चार जना केन्द्रीय सदस्यमा चयन



२८ पुस, रामेछाप ।
नेकपा ओली समुह रामेछापबाट थप चार जना केन्द्रीय महाधिवेशन आयोजक समितिमा चयन भएका छन् । केही दिनअघि चार जना थपिएसँग रामेछापबाट मात्र ओली समुहबाट १३ जना महाधिवेशन आयोजनक समितिमा चयन भएका हुन् ।
पछिल्लो चरणमा आयोजक समितिमा थपिनेमा सुनापती गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार योञ्जन, सचिव रामकृष्ण लामा, लिखु तामाकोसी गाउँपालिबाट पुष्पराज पौडेल र भोजराज कडरिया रहेका छन् ।
नकेपा ओली समुह रामेछापका महाधिवेशन आयोजक समितिका सदस्य भुवन घिमिरेले आयोजक समितिमा चार जना सदस्य थपिएको जानकारी दिए । उनका अनुसार आवश्यकताको आधारमा अझै पनि जिल्लाबाट महाधिवेशन आयोजक समिति सदस्य थपिनसक्ने सम्भावना छ ।
यसअघि भुवन घिमिरे, तुला प्रसाद कँडेल, प्रेमबहादुर तामाङ, माया कार्की, राजकुमार श्रेष्ठ र गीता कार्की महाधिवेशन आयोजक समितिमा चयन भएका थिए ।

प्रतिक्रिया दिनुहोस्