नेकपा ओली समुह रामेछापको आठ वटै स्थानीय तहको इन्चार्ज तोकियो, को कहाँ ? (सूचिसहित)



२९ पुस, काठमाडौं ।
नेकपा ओली समुह रामेछापको आठ वटा स्थानीय तहको इन्चार्ज तोकिएका छन् । प्रदेश कमिटीले आठ वटै स्थानीय कमिटीको इन्चार्ज तोकेको हो । तत्कालको लागि केन्द्रीय महाधिवेशन आयोजक समितिमा रहेका केन्द्रीय सदस्यहरुलाई नै स्थानीय कमिटीको इन्चार्जको जिम्मेवारी दिएको छ ।

जिल्लाको उमाकुण्ड गाउँ कमिटीको इन्चार्जमा केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेललाई जिम्मेवारी तोकेको छ । त्यसैगरी गोकुलगंगा गाउँपालिकाको इन्चार्जमा केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य गीता कार्कीलाई जिम्मेवारी दिएको छ । लिखु तामाकोसी गाउँपालिकाको इन्चार्जमा केन्द्रीय सदस्य माधव ढुंगेल, रामेछाप नगर कमिटीको इन्चार्जमा राजकुमार श्रेष्ठ चयन भएका छन् ।

त्यसैगरी मन्थली नगर कमिटीको इन्चार्जमा केन्द्रीय महाधिवेशन आयोजक कमिटीका सदस्य माया कार्की, खाँडादेवी गाउँ कमिटीको इन्चार्जमा केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य एवं खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ चयन भएका छन् ।

सुनापती गाउँ कमिटीको इन्चार्जमा केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य भुवन घिमिरे र दोरम्बा गाउँ कमिटीको इन्चार्जमा केन्द्रीय महाधिवेशन आयोजक कमिटीका सदस्य तुला प्रसाद कँडेल चयन भएको केन्द्रीय सदस्य कमल चौलागाईले रामेछाप न्युजलाई जानकारी दिए । उनले तत्काल पार्टीको आवश्यकता अनुसार नेताहरुको कार्यविभाजन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्