खाँडादेवी गाउँ कमिटीको भेलालाई सम्बोधन गर्न मन्त्री ढुंगेल आउने



१ माघ, रामेछाप ।
नेकपा ओली समुह खाँडादेवी गाउँ कमिटीको भेलालाई नेकपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले सम्बोधन गर्ने भएका छन् । गाउँ कमिटीद्धारा माघ ४ गते हुने आयोजित भेलालाई मन्त्री ढुंगेलले सम्बोधन गर्ने भएका हुन् ।

नेकपा ओली समुह खाँडादेवी गाउँ कमिटीका इन्र्चाज एवं खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले भेलाको तयारी तीब्र गतिमा अगाडि बढाइएको बताए । उनका अनुसार पार्टी भेलाले पार्टीको अध्यक्ष र सचिवको साथै पदाधिकारीको टुंगो लगाउनेछ ।

प्रतिक्रिया दिनुहोस्