जनधनको क्षति रोक्न अभियान नै चलाउनु पर्छः प्रजिअ शर्मा



२ पुस, रामेछाप ।
रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा (गुरागाई)ले सम्भावित विपद्बाट हुने जनधनको क्षतिलाई रोक्न अभियान नै चलाउनु पर्ने बताएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका संयोेजक समेत रहेका प्रजिअ शर्माले प्राकृतिक रुपमा आउन सक्ने विपद्को बारेमा पर्याप्त जनचेतना र पूर्वतयारी आवश्यक रहेको बताएका हुन् ।
२३औँ भुकम्प सुरक्षा दिवस दिवसको अवसरमा मन्थलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ शर्माले भूकम्पबाट हुने जोखिमलाई अझ न्यूनीकरण गरी जनधनको क्षति रोक्न अब जिल्लाको ६४ वटै वडामा अभियान सञ्चालन गरिने बताए । भुकम्पबाट सुरक्षित हुनको लागि भएको नीतिगत निर्णय कार्यान्वयन गर्न आवश्यक भएको बतादै उनले जुनसुकै बेला पनि आउन सक्ने भुकम्पबाट सुरक्षित हुनको लागि जनचेतनाकै खाँचो रहेको बताए ।
शुक्रबार जिल्ला सदरमुकाम मन्थलीमा जिल्ला विपद् व्यवस्थापन समितिले सचेतनामूलक प्रभातफेरी र कोणसभाको आयोजना गरेको थियो । ट्राफिक चोकबाट सुरु भएको प्रभातफेरी मन्थली बजार परिक्रमा गरी देवकोटा चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्