रामेछाप–काठमाडौं सम्पर्क मञ्चको इन्चार्जमा रत्न गौतम



२ माघ, काठमाडौं ।
नेकपा ओली समुहका केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य रत्न गौतमलाई रामेछाप–सम्पर्क मञ्चको इन्चार्जमा चयन गरिएको छ । पार्टी दुई समुहमा विभाजित भएसँगै पुर्नगठन भएको रामेछाप–काठमाडौं सम्पर्क मञ्चको इन्चार्जको जिम्मेवारी गौतमलाई दिइएको हो ।

नेकपा ओली समुह रामेछापबाट पार्टी विभाजनसँगै दस जनालाई केन्द्रीय महाधिवेशन आयोजक समितिमा चयन गरिएको छ । दस जना थप भएसँगै यसअघि केन्द्रीय सदस्य सहित रामेछापमा नेकपा ओली समुहबाट केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यको संख्या १३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्