नेकपा ओली समुहको सुनापती र दोरम्बा गाउँ कमिटीको भेला स्थगित



४ माघ, रामेछाप ।
नेकपा ओली समुहको सुनापती र दोरम्बा गाउँ कमिटीमा आयोजना गरिएको भेला स्थगित गरिएको छ ।  सुनापती गाउँपालिकामा माघ ७ गते र दोरम्बा गाउँपालिकामा माघ ८ गते भेलाको आयोजना गरेको थियो ।

भेलामा बागमती प्रदेशका सचिव आनन्द पोखरेल सहभागी हुने कार्यक्रम रहेको थियो । तर पोखरेलको कार्यव्यस्ताको कारण पूर्व निर्धारित कार्यक्रम स्थगित गरिएको नेकपा ओली समुह सुनापति गाउँपालिकाका इन्चार्ज भुवन घिमिरेले जानकारी दिए । उनका अनुसार सचिव पोखरेल सहभागी हुन नसक्ने भएपछि कार्यक्रम स्थगित गरिएको हो ।

त्यसैगरी दोरम्बा गाउँ कमिटीमा आयोजित कार्यक्रम हुने स्थगित भएको छ । पुनः छलफल गरेर गाउँ कमिटीको भेलाको मिति तय गर्ने केन्द्रीय महाधिवेशन आयोगक समितिका सदस्य रत्न गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्