गोकुलगंगा गाउँपालिकामा ५ करोडमा अस्पताल बन्यो भोलीबाट सेवा सुरु हुने (फोटोफिचर)



४ माघ, रामेछाप ।
गोगुलगंगा गाउँपालिकामा पहिलो पटक भोलीबाट नियमित रुपमा अस्पताल सेवा सुरु हुने भएको छ । निर्वाचनमा गरेको प्रतिवद्धता अनुसार गाउँपालिकाले स्थानीय तहमै न्युनतम स्वास्थ्य सेवा दिनको लागि अस्पताल सञ्चालनमा ल्याएको हो । करिब ५ करोड लगानीमा अस्पताल निर्माण गरिएको हो । गाउँपालिकाको केन्द्र रस्नालुमा निर्माण गरिएको अस्पतालले भोलीबाट नियमित सेवा सुरु गर्ने गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवारले रामेछाप न्युजलाई जानकारी दिए ।

उनका अनुसार अब सामान्य उपचार गर्नको लागि सदरमुकाम मन्थली र काठमाडौं जानु पर्ने बाँध्यता हटनेछ । डाक्टर सहितका कर्मचारी भर्ना प्रक्रिया समेत गाउँपालिकाले सम्पन्न गरिसकेको छ । हाल अस्पतालमा मेडिकल अपिसर डाक्टर र जनरल मेडिसिन गरी दुई जना, हेल्थ अििसस्टेन्ट २ जना, स्टाफ नर्स ४ जना, रेडियो ग्राफर १ जना, ल्यायब टेक्निसियन १ जना र फार्मेसिस्ट १ जना रहेको अध्यक्ष सुनुवारले जानकारी दिए ।

भोली अर्थात माघ ५ गतेको गाउँपालिकाका अध्यक्ष सुनुवारले अस्पतालपको उदघाटन गरेर विधिवत रुपमा स्वास्थ्य सेवा सुरु भएको घोषणा गर्ने भएका छन् । भोलीबाट गाउँपालिकाले आँखा र दन्त शिविरको समेत आयोजना गरेको छ ।
स्वास्थ्य मन्त्रालयले गोगुलगंगा गाउँपालिकाको लागि १५ शैयाको अस्पताल सञ्चालन गर्ने कार्यक्रम घोषणा गरेको छ । हाल गाउँपालिकाले निर्माण गरेको अस्पताल भवनबाट १५ शैयाको वेट राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्