मूलधारको पार्टी हामी हौः पौडेल



४ माघ, रामेछाप ।
नेकपा प्रचण्ड–नेपाल समुह रामेछापका इन्चार्ज देवशकंर पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले बार्षिक परीक्षामा आलु नम्बर ल्याएको बताएका छन् । उनले अहिलेसम्मको उपलब्धि सकाउने गरी संसद विघटन गरेको बताउदै त्रैमासिक र अर्धवार्षिक परीक्षामा राम्रो नम्बर ल्याए पनि बार्षिक परीक्षामा आलु नम्बर ल्याएको बताएका हुन् ।
अहिलेको लडाई पद प्रतिष्ठिाको नभई नीति विधि र सिद्धान्तको भएको बताउदै पौडेलले आफूहरुले नेतृत्व गरेको नेकपालाई नै मुलधारको पार्टी भएको बताए । उनले भने,‘हामी मुलधार हौ, अरुको पार्टी नक्कली कुरा हो ।’
नेकपा प्रचण्ड–नेपाल समुह रामेछापले आज आयोजना गरेको भेलालाई सम्बोधन गर्दै पौडेले कार्यकर्तालाई पदको पछि भन्दा पनि अहिलेको सरकारले गरेको संसद विघटनको विरुद्ध एकताबद्ध भएर लाग्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्