नेपालको ऐतिहासिक परिवर्तनमा रामेछापको महत्वपूर्ण भूमिका छः नेता भट्टराई



४ माघ, रामेछाप ।
नेकपा प्रचण्ड–नेपाल समुहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले नेपालकाले ऐतिहासिक परिवर्तनमा रामेछाप जिल्लाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

उनले राणा शासनको अन्त्यदेखि गणतन्त्र स्थापनासम्म रामेछाप जिल्लाको ठूलो योगदान रहेको बताएका हुन् । पुष्पलाल  र गंगालालको भूमि रामेछापले देशको ऐतिहासिक परिवर्तनको उल्लेखिय भूमिका खेलेको बताउदै उनले जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धि अहिले गुम्ने अवस्थामा पुगेको बताए ।

नेपा प्रचण्ड–नेपाल समुह रामेछापले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै नेता भट्टराईले सार्वभौम सत्ता सम्पन्न थलो प्रनिनिधिसभालाई प्रधानमन्त्रीले संविधानमै नभएको व्यवस्था प्रयोग गरेर विघटन गरेको बताए । उनले भने,‘अहिलेको संविधानमा कही कतै पनि प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकारी छैन, यो असंवैधानिक कदम अब आन्दोलनको जगबाट छिटै सच्याउछौं ।’

झण्डै दुई तिहाई बहुमत भएको प्रतिनिधिसभा विघटन गरेर अहिले निर्वाचनको कुरा गर्न प्रधानमन्त्री ओलीलाई नसुहाउने बताउदै पुनः दुई तिहाई चाहियो भनेर मत माग्ने नैतिक अधिकार ओलीलाई नभएको बताए । संविधान भन्दा माथि राष्ट्रपति र प्रधानमन्त्री हुन नसक्ने बताउदै राजसंस्था विदा भइसकेको भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्