नेकपा खाँडादेवी गाउँ कमिटीको भेला सुरु (फोटोफिचर)



३ माघ,  रामेछाप ।

नेकपा ओली समुह खाँडादेवी गाउँ कमिटीको भेला सुरु भएको छ । खाँडादेवी गाउँपालिकामा आयोजित कार्यक्रमलाई नेकपा रामेछापका सह–इन्चार्ज एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भेलाले खाँडादेवी गाउँ कमिटीको पदाधिकारीको समेत चयन गर्नेछ ।
भेलामा केन्द्रीय सदस्य कमल चौलागाई, माधव ढुंगेल,नेकपा ओली समुह रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ, सचिव पुरुषोत्तम कडरिया, खाँडादेवी गाउँ कमिटीका इन्चार्ज एवं खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ लगायतको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्