रामेछापबाट भट्टराईको गर्जनः तीन महिनाभित्र संसद फिर्ता हुन्छ



४ माघ, रामेछाप ।
नेकपा प्रचण्ड–नेपाल समुहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले तीन महिनाभित्र प्रतिनिधिसभा फिर्ता हुने बताएका छन् । उनले प्रधानमन्त्री केपी ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरेर असंवैधानिक रुपमा संसद विघटन गरेकाले जनताको बलबाट पुनः संसद पुनस्थापना हुने दावी गरेका हुन् । नेता भट्टराईले भने,‘महेन्द्रले खाएको संसद फिर्ता गर्न तीस बर्ष लाग्यो, ज्ञानेन्द्रले खाएको संसद फिर्त गर्न तीन बर्ष लाग्यो, अहिले ओलीले खाएको संसद फिर्ता गर्न बर्ष लाग्दैन, तीन महिनामै संसद फिर्ता हुन्छ ।’

राजा महाराजासँग दम्भ भएपनि अहिले ओलीसँग त्यो दम्भ नभएको बताउदै महेन्द्र र ज्ञानेन्द्रलाई जस्तै गरी अहिले पञ्च र्यालीमामा प्रधाननमन्त्री ओली रमाईरहेको उनले दावी गरे । स्वच्छादारी शासकलाई हटाउनु पर्छ, संविधानमा कोही व्यक्ति माथि हुन सक्दैन, उनले भने ।
हो मै केटो नै हुँ
प्रधानमन्त्री केपी शर्मा ओलीलाई केटी भनेको टिप्पणीको नेता भट्टराईले जवाफ फर्काएका छन् । उनले आफू केटो नै भएको बताउदै आफू अशिष्ट भाषा प्रयोग गरेर गाली गलोज नगर्ने बताए । रामेछापमा आज आयोजित भेलालाई सम्बोधन गर्दै उनले भने,‘हो म केटो नै हुँ, मेरो लिग छुटिएको छ, प्रधानमन्त्री ओलीको लिग छुटिएको छैन्, म नवौ महाधिवेशनमा प्रधानमन्त्री ओली भन्दा ७६ भोट बढी मत ल्याएर निर्वाचित सचिव हुँ, एउटै कमिटीमा भएका व्यक्तिलाई केटो भनेर सम्बोधन गर्ने ?’

प्रतिक्रिया दिनुहोस्