केपी ओली तीन करोड नेपालीका ‘बा’ हुनः मन्त्री ढुंगेल



४ माघ, रामेछाप ।
नेकपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले राम्रो काम गरेकै कारण प्रधानमन्त्री केपी शर्मा ओली तीन करोड नेपाली जनताको बा भएको बताएका छन् । उनले प्रधानमन्त्री ओलीको नेतृत्व सही भएको कारण सबैको बा भएको बताएका हुन् । ओली नेतृत्वको सरकारले अहिलेसम्म नेपालमा हुन नसकेको ऐतिहासिक काम गरेको बताउदै नेपालको गुमेको भूमि समावेश गरेर चुच्चे नक्सा जारी गर्नु सहासिक कदम भएको बताए ।

नेकपा खाँडादेवी गाउँ कमिटीको भेलालाई सम्बोधन गर्दै मन्त्री ढुंगेलले आफ्नै दलभित्रबाट प्रधानमन्त्रीको विरुद्ध अविश्वासको प्रस्ताव र राष्ट्रपतिको विरुद्ध महाअभियोग लगाउने तयारी भएपछि प्रधानमन्त्री ओलीले बाँध्य भएर संसद विघटन गरेको बताए । प्रधानमन्त्री ओलीले कारण आज देश समृद्धिको गतिमा अगाडि बढेको बताउदै उनले जताततै विकासको अभियान अगाडि बढेको देखेर आफ्नै पार्टीभित्रबाट सरकारलाई सहयोग भएको बताए ।

प्रतिक्रिया दिनुहोस्