नेकपा ओली समुह खाँडादेवी गाउँ कमिटीको अध्यक्षमा कार्की सचिवमा तामाङ चयन



५ माघ, रामेछाप ।
नेकपा ओली समुह खाँडादेवी गाउँ कमिटीको अध्यक्षमा पुष्कर कार्की र सचिवमा मोतीलाल तामाङ चयन भएका छन् । गाउँ कमिटीको भेलाले अध्यक्षमा कार्की र सचिवमा तामाङलाई चयन गरेको हो ।खाँडादेवी गाउँपालिका–३ भिरपानीका वडा अध्यक्ष समेत रहेका कार्की यसअघि खाँडादेवी गाउँ कमिटीको कार्यालय सदस्य रहेका थिए ।
नेकपा खाँडादेवी गाउँ कमिटीका इन्चार्ज एवं खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले रित्त रहेको अध्यक्ष र सचिवमा कार्की र तामाङलाई चयन गरेको बताए । उनका अनुसार गाउँ कमिटीका अन्य सदस्यहरु भने यथावत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्