रामेछापका सबै वडासम्म सडक कालोपत्रे गछौंः मन्त्री ढुंगेल



५ माघ, रामेछाप ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले रामेछापको सबै वडासम्म जोडन सडक कालोपत्रे हुने बताएका छन् । तीन बर्षको अवधिमा जिल्लाभित्र चालिस किलोमिटर सडक कालापत्रे भइसकेको बताउदै सदरमुकाम मन्थलीबाट आठ वटै स्थानीय तहको केन्द्रसम्म जोडन सडक धमाधम कालोपत्रेको काम अगाडि बढेको बताएका हुन् ।

खाँडादेवी गाउँपालिकामा आयोजित नेकपाको भेलालाई सम्बोधन गर्दै मन्त्री ढुंगेलले रामेछाप जिल्लाभित्र विकास निर्माणको फडको मारेको बताए । ‘जिल्लाभित्रको मुख्य सडकको पहिचान गरी प्राथमिकतको साथ सडक कालोपत्रेको काम अगाडि बढेको छ’, उनले भने,‘आठ वटै स्थानीय तहभित्रको मुख्य सडक अहिले कालोपत्रे हुँदैछ ।’

मन्त्री ढुंगेलले राकाथुम–सैलुङ जोडन सडक बहुबर्षिय ठेक्का लागेको बताउदै गाल्वा–दोरम्बा सडक खण्डको अग्लेश्वरको सडकको ढलान गर्न ६ करोड रुपैयाँ विनियोजन गरेको बताए । ‘म सधै मन्त्री हुन्न, यो पनि सत्य हो, म सधै बाचदिन’, मन्त्री ढुंगेलले भने,‘ठाउँमा पुगेको बेला जिल्लाको विकास गरेर देखाउने अठोटको साथ रातदिन नभनि काम गरिरहेको छु ।’

मन्थलीबाट चिसापानी पुरानागाउँ, मन्थलीबाट मदौ हँदै सालु, मन्थलीबाट सुनारपानी जोडने सडक कालोपत्रे भइरहेको बताउदै मन्त्री ढुंगेलले सेलेघाट साँघुटार सडकको ५५ किलोमिटर सडक कालोपत्रेको काम पनि अगाडि बढेको बताए । खिम्ती बेताली, कालोचौतारो सिंगटी जोडने सडक अहिले कालोपत्रे भइरहेको बताउदै लुभघाटबाट गाल्वा जोडन सडक पनि बहुबर्षिय ठेक्का प्रक्रिया अनुसार अगाडि बढेको बताए ।

सित्खा गोगनपानी सडक खण्डको कालोपत्रे अन्तिम चरणमा पुगेको बताउदै मन्थलीबाट भटौली गोगनपानी हुँदै गाल्वासम्म जोडन सकडक पनि धमाधम कालोपत्रे भइरहेको उनले बताए । ‘म मन्त्री भएको तीन बर्ष पुग्न अझै बाँकी छ, तीन बर्षमा सोचे अनुसारकै विकास निर्माणको काम जिल्लाभित्र अगाडि बढाउन पाउदा खुसी छु’, मन्त्री ढुंगेलले भने,‘हाम्रो पालामा रामेछापको मुहार फेरेर देखाउछौं ।’

प्रतिक्रिया दिनुहोस्