विदेशीको इशारामा चोइटिएर जानेलाई काँध हाल्न सकिदैनः नेता श्रेष्ठ



५ माघ, रामेछाप ।
नेकपा प्रचण्ड–नेपाल समुह रामेछापका केन्द्रीय सदस्य एवं रामेछापका सह–इन्चार्ज श्याम कुमार श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिलेको संविधान नै नचाहिएको बताएका छन् । उनले नेकपालाई गत निर्वाचनमा दुई तिहाई बहुमत दिदा पनि अहिले प्रतिनिधिसभा विघटन गर्ने कदमले ओलीलाई संविधान र गणतन्त्र नचाहिएको पुष्टि भएको बताएको हुन् ।

तीन लालको जिल्ला रामेछापले पार्टीलाई विधि र पद्दतीमा चलाउन चाहेको बताउदै नेता श्रेष्ठले अराजक ढंगले पार्टी चल्न नसक्ने बताए । पार्टीले ओलीलाई आशा भरोसा र अपेक्षा गरेरै प्रधानमन्त्री बनाएको बताउदै उनले संसद विघटन गरेर अहिले ओलीले जनताको चाहनामाथि प्रहार गरेको बताए ।

‘ओलीलाई अहिलेको संविधान,गणतन्त्र समावेशी समानुपातिक लोकतन्त्र केही पनि चाहिएको छैन्’, उनले भने,‘दुई तिहाई मत दिएर जनताले पठाए, अहिले अर्को नौटकी गरेर संसद घिवटन गरेर चुनावको घोषणा गर्नुभएको छ ।’
भएको दुई तिहाई बहुमतको दुरुपयोग गरेर अहिले पुनः दुई तिहाई चाहिएको भन्दै चुनावको घोषणा गर्ने प्रधानमन्त्री ओली नेपाली जनताको त्याग र वलिदानबाट प्राप्त अहिलेको उपलब्धिमाथि नै धावा बालेको बताए ।
गंगालाल पुष्पलाल कृष्णलाल, बेथानको पानी मोर्चा, दोरम्बा हत्याकाण्डका सहीदहरुलाई स्मरण गर्दै नेता श्रेष्ठले भने,‘नेकपा यही मात्र हो, अर्को नेकपा हुन सक्दैन, विदेशीको इशारामा कोही चोइटिएर जान्छन भने भीरमा लडने गोरुलाई राम राम भन्न सकिन्छ, काँध हाल्न सकिदैन ।’

प्रतिक्रिया दिनुहोस्