नेकपा ओली समुह लिखु तामाकोसी गाउँ कमिटीको सचिवमा तामाङ चयन



५ माघ,रामेछाप ।
नेकपा ओली समुह लिखु तामाकोसी गाउँ कमिटीको भेलाले नयाँ सचिव चयन गरेको छ । आज सम्पन्न भेलाले भीम बहादुर तामाङलाई गाउँ कमिटीको सचिव बनाउने निर्णय गरेको हो ।

पार्टी दुई समुहमा विभाजित भएसँगै गाउँ कमिटीका सचिव धु्रव कुमार कार्की प्रचण्ड–नेपाल समुहमा लागेपछि ओली समुहले तामाङलाई सचिव बनाएको हो । यसअघिका गाउँ कमिटीका अध्यक्ष उद्धब कडरिया भने ओली समुहमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्