रामेछापको खाँडादेवी गाउँपालिकाको पकरवासमा ट्रिपर दुर्घटना



९ माघ, रामेछाप ।
खाँडादेवी गाउँपालिका–४ पकरवासमा विहिवार साँझ ट्रिपर दुर्घटना भएको छ । दुर्घटनामा परी चालक र सह–चालक सामान्य घाइते भएका छन् ।

पाँच दिन अघि मात्र खरिद गरेर ल्याएको वान टेस्टको ट्रिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । प्रहरीका अनुसार सामान्य घाइते हुने ट्रिपर चालक मन्थली नगरपालिकाका २४ बर्षिय भेष बहादुर माझी र खाँडादेवी गाउँपालिका–४ का २६ बर्षका कृष्ण माझी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्