संसद विघटनविरुद्ध प्रचण्ड–नेपाल समुहको शक्ति प्रदर्शन (फोटोफिचर)



९ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड(–माधव पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ। यो समूहले काठमाडौंको माइतीघर, डिल्लीबजार, लैनचौर, कुपन्डोल, प्रदर्शनीमार्ग, शान्तिवाटिका, त्रिपुरेश्वर, त्रिचन्द्र कलेज, बाल्मिकी कलेज गरी ९ ठाउँबाट जुलुस निकालेर शक्ति प्रदर्शन गरेको हो।
विरोधसभा सुरु हुनुअघि राजधानीका विभिन्न स्थानबाट निकालिने जुलुसको नेतृत्व प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य गणेश साह, गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, वेदुराम भुसाल भीमबहादुर रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईँ, देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे, कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, घनश्याम भुसाल, जनार्दन शर्मा, योगेश भट्टराईलगायतले गरेका थिए।

सभालाई नेकपाका अध्यक्षद्धय प्रचण्ड, माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाललगायतले सम्बोधन गरेका थिए । यही पुष ५ गते प्रधानमन्त्री केपी ‌‌ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए। त्यस लगत्तै नेकपा दुई खेमा भएको छ। एक पक्षको नेतृत्व प्रचण्डले लिएका छन् भने अर्को पक्षको प्रधानमन्त्री ओलीले लिएका छन्।

प्रतिक्रिया दिनुहोस्