नेकपा ओली समुह रामेछाप नगर कमिटीको संयोजकमा पाख्रिन, सचिवमा घिमिरे चयन



९ माघ, रामेछाप ।
नेकपा ओली समुह रामेछाप नगर कमिटीको भेलाले संयोजक सह–संयोजक र सचिव चयन गरेको छ । भेलाले संयोजकमा डेग बहादुर पाख्रिन, सह–संयोजकमा निलकण्ठ ढकाल र सचिवमा सुन्दर घिमिरेलाई चयन गरेको हो ।

आज भएको भेलामा नेकपाका केन्द्रीय सदस्य एवं लिखु तामाकोसी गाउँपालिकाका इन्चार्ज माधव ढुंगेल, ओली समुह रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ, सचिव पुरुषोत्तम कडरिया, केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य एवं खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ, नेकपाका नेता प्रकाश कार्की लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्