मन्थलीमा बनेका अवैध घर–टहरा भत्काउन मन्थली नगरपालिकाले चलायो डोजर (फोटोफिचर)



१० माघ, रामेछाप ।
रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको बजार क्षेत्रमा सार्वजनिक क्षेत्रमा निर्माण गरिएका घर टहरा भत्काउने अभियान सुरु गरिएको छ । सदरमुकाम स्थापना भए लगत्तै निर्माण गरिएका अवैध संरचना भत्काउने कार्यमा मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेत नै सडकमा खटिएका छन् ।

नगरपालिकाले पटक–पटक सूचना जारी गरेर सम्बन्धित निकायलाई ती संरचना भत्काउने आग्रह गर्दा पनि अटेर गरेपनि नगरपालिकाले नै भत्काइ दिएको हो । मन्थलीको देवकोटा चोक नजिकै रहेको एउटा घर र तामाकोसी अस्पतालसँग जोडिएको शान्ति दिप युवा क्लबको घर आज नगरपालिकाले डोजर लगाएर भत्काएको छ ।

मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेतले देवकोटा चोकदेखि बि पि चोसम्मको अवैध रुपमा निर्माण गरिएका घर टहरा भत्काइएको बताए । उनले रामेछाप न्युजसँग भने,‘बजार क्षेत्रमा सार्वजनिक क्षेत्रमा बनेको अझै पाँच वटा अस्थायी घर टहरा पनि तत्काल भत्काउछौं ।’ सम्बन्धित निकायलाई भत्काएर लैजान नगरपालिकाले आग्रह गर्दा पनि वेवास्था गरेपनि आफूहरुले भत्काएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्