मन्थली नगरपालिका–१० चनखुका वडाअध्यक्ष बोहोरा पक्राउ



१० माघ, रामेछाप ।
मन्थली नगरपालिका–१० चनखुका वडाअध्यक्ष भरत बहादुर बोहोरा पक्राउ परेका छन् । महानगरी वृत्त ठिमीमा एक महिलाले बोहोराको विरुद्ध जबरजस्ती करणी गरेको आरोपसहितको उजरी दर्ता गराएपछि जिल्ला प्रहरी कार्यालय रामेछापले उनलाई पक्राउ गरेको हो ।

आज बिहान पक्राउ परेका खडकालाई मेडिकल गरेर जिल्ला प्रहरी कार्यालय रामेछापले महानगरी वृत्त ठिमीमा पठाउने तयारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले ठिमी वृत्तमा परेको उजुरीको आधारमा जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीको आधारमा बोहोरालाई पक्राउ गरिएको बताए ।

‘उजुरी र पक्राउ पुर्जीको आधारमा हामीले बोहोरालाई पक्राउ गरेका हौ’, उनले रामेछाप न्युजसँग भने,‘अब ठिमी वृत्तले नै थप अनुसन्धान गर्छ।’

प्रतिक्रिया दिनुहोस्