नेकपा ओली समुह गोकुलगंगा गाउँ कमिटीको भेलाः अध्यक्षमा सुनुवार यथावत, सचिवमा कार्की चयन



१० माघ, रामेछाप ।
नेकपा ओली समुह गोकुलगंगा गाउँ कमिटीको भेलाले अध्यक्षमा खड्ग सुनुवारलाई यथावत राख्दै सचिवमा दिपक कार्कीलाई चयन गरेको छ । गाउँ कमिटीका सचिव प्रज्ञान खडकाको ठाउँमा गाउँ कमिटीको भेलाले कार्कीलाई सचिवमा चयन गरेको हो । गाउँ कमिटीका अध्यक्ष एवं गोकुलगंगा गाउँपालकाका अध्यक्ष खड्ग सुनुवार भने दुवै पक्षमा खुल्नुभएको छैन् ।

उनले अहिले आफू स्थानीय सरकारको काममा व्यवस्त रहेकाले दुवै पक्षमा नखुल्ने रामेछाप न्युजलाई बताए । आज सम्पन्न भेलामा पूर्व एमालेमा रहेका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । सचिवमा चयन भएका कार्की यसअघि गोकुलगंगा गाउँ कमिटीको कार्यलय सदस्यमा रहेका थिए । सुनुवार दुवै समुहमा नखुलेपछि ओली समुहले गाउँ कमिटीको अध्यक्षमा यथावत राखेको छ ।

प्रतिक्रिया दिनुहोस्