कर्मचारीले जनताको मन जित्ने गरी काम गर्नुपर्छः कुलमान घिसिङ



११ माघ, रामेछाप ।
नेपाल विद्युत प्राधिरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीहरुले जनताको मन जित्ने गरी काम गर्नुपर्ने बताएका छन् । उनले जनताको काम छिटो छरितो ढुंगले गर्दा कर्मचारीहरुमाथि नागरिकहरुले धेरै विश्वास गर्ने बताएका हन् ।
आफ्नो जन्मभूमि सुनापती गाउँपालिका–४ बेथानस्थित डहुमा आज आर्युर्वेद अस्पतालको उदघाटन गर्दै घिसिङले कर्मचारीहरुले सेवा प्रवाह गर्दा नागरिहरुलाई केन्द्रमा राखेर गर्नुपर्ने बताए ।

विद्युत प्राधिकरणलाई सफल बनाउन कर्मचारीले ठूलो भूमिका खेलेको स्मरण गर्दै उनले सेवाग्राहीहरुको भावनालाई सम्बोधन गर्ने गरी कर्मचारीले काम गर्नुपर्नेमा जोड दिए । आफ्नै उदाहरण दिदै घिसिङले भने,‘विद्युत प्राधिकरणमा धेरै प्रमुख फेरिए, मैले जिम्मेवारी सम्हालेपछि जनतालाई केन्द्रमा राखेर काम गरे,यो मैले मात्र नभई सिंगो प्राधिकरणको टिमले काम गरेको परिणाम थियो ।’

उनले विकास निर्माणमा बजेट विनियोजन गर्दा परिणाममुखी हुनुपर्ने बताउदै उनले परिणाम दिन नसक्ने बजेटको कुनै औचित्य नहुने बताए ।
काठमार्डौ लगायतका शहरबाट गाउँमा फलफुल आयत गर्नेतिर भन्दा पनि अब गाउँबाट शहरतर्फ कृषिजन्य वस्तु निर्यात गर्ने कार्यक्रम सुरु गर्नुपर्छ, उनले भने । स्थानीय उत्पादनले मात्र गाउँलाई समृद्ध बनाउन सक्ने बताउदै घिसिङले स्थानीय सरकारले आगामी दिनमा बजेट निर्माण गर्दा ती कुरामा ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्