१९ बर्षदेखि फरार रामेछापका थापा मगर पक्राउ



१३ माघ, रामेछाप ।
विगत १९ बर्षदेखि चोरी मुद्दामा फरार रहेका रामेछाप दोरम्बा गाउँपालिका–४ गोश्वराका प्रेम बहादुर थापा मगर पक्राउ परेका छन् । १९ बर्ष अघि ललितपुर जिल्ला अदालतले चोरी मुद्दामा थापालाई तीन बर्ष पाँच महिना २० दिन जेल सजायको फैसला गरेको थियो ।

लामो समयदेखि प्रहरीको खोजी गर्दै आएपनि पक्राउ पर्न नसकेका थापालाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी नवराज ढुंगानाले १९ बर्षदेखि फरार रहेका थापालाई पक्राउ गरिएको रामेछाप न्युजलाई बताए ।

ललितपुरबाट पक्राउ परेका थपालाई रामेछाप ल्याएर आज नै जिल्ला अदालत रामेछापमा पेश गरिन लागेको डिएसपी ढुंगानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्