रामेछापबाट जिल्ला टप भएका काफ्ले एसपीमा बढुवा



१३ माघ, काठमाडौं ।
नेपाल प्रहरीका १६ जना नायब उपरीक्षक (डिएसपी) उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको सोमबारको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।


रामेछाप सालु निवासी सुरेश प्रसाद काफ्ले तेस्रो नम्बरमा बढुवा भएका छन् । २०४८ सालमा मन्थली माविबाट एसएलसीमा जिल्ला टप भएका काफ्ले २०५८ सालमा इनेक्सपेक्टरबाट प्रहरीमा सेवा प्रवेश गरेका थिए । काफ्ले शान्ति मिसनमा समेत काम गरिसकेका छन् । बढुवा सिफारिस भएका उनी हाल बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा कार्यरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्