रामेछापमा भोलीबाट कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाइने,१४ सय ७७ जनाले टिपाए नाम



१३ माघ, रामेछाप ।
रामेछाप जिल्लामा भोलीबाट कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाइने भएको छ । भोलीबाट जिल्ला अस्पताल रामेछापबाट कोरोना विरुद्धको खोप लगाइने भएको हो । स्वास्थ्य कार्यालय रामेछापले भोलीबाट लगाइने खोपको सम्पूर्ण तयारी पूरा गरेको बताएको छ ।

रामेछाप जिल्लामा हालसम्म १४ सय ७७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाउनेका लागि अनलाइनबाट नाम दर्ता गराएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले रामेछाप न्युजलाई बताए । उनका अनुसार खोप लगाउने कर्मचारीलाई समेत तालिम दिएको छ ।

गत विहिवार भारतले अनुदानमा नेपाललाई १० लाख डोजको कोरोना भाइरसविरुद्धको भ्याक्सिन दिएको थियो । अक्सफोर्डरएस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिएको हो । तोकिएका खोप केन्द्रहरुबाट पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक तथा शव व्यवस्थापन गर्ने टोलीलाई खोप दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्