युवा विद्यार्थीको भेलालाई सम्बोधन गर्न मन्त्री ढुंगेल मन्थली आउने



१३ माघ, रामेछाप ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवं नेकपाका केन्द्रीय सदस्य कैलाश ढुंगेल माघ १५ गते मन्थली आउने भएका छन् । नेकपा ओली समुह रामेछापको युवा विद्यार्थीको भेलालाई सम्बोधन गर्न मन्त्री ढुंगेल मन्थली आउन लागेका हुन् । युवा विद्यार्थी भेलालाई नेकपाका नेता महेश बस्नेतले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

माघ १५ गते जिल्लाका आठ वटै स्थानीय तहका युवा र विद्यार्थीलाई मन्थली ल्याउने तयारी गरिएको छ । रामेछापमा ओली समुहले गर्न लागेको यो जिल्लास्तरीय दोसो सभा हो । यसअघि उपप्रधानमन्त्री एवं नेकपा ओली समुहका सचिवालय सदस्य ईश्वर पोखरेलले जिल्ला भेलालाई सम्बोधन गरेका थिए ।

प्रचण्ड–नेपाल समुहले माघ ४ गते नेता योगेश भट्टराईलाई ल्याएर जिल्ला भेला मार्फत शक्ति प्रदर्शन गरेपछि ओली समुहले पनि आफ्नो उपस्थिति देखाउन युवा विद्यार्थीको भेला आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्