रामेछापमा पहिलो कोरोना भाइरविरुद्धको खोप डा. ग्वाछा र प्रमुख कर्णले लगाउने



१३ माघ, रामेछाप ।
रामेछापमा भोलीबाट लगाउन सुरु गरिने कोरोना भाइरसविरुद्धको खोप जिल्ला अस्पताल रामेछापका प्रमुख डा. रोशन ग्वाछा र स्वास्थ्य कार्यालयका प्रमुख जितेन्द्र कर्णले लगाउने भएका छन् । कोरोना भाइरसविरुद्धको खोप लगाउन नागकिरहरुमा विश्वास दिलाउन डा. ग्वाछा र प्रमुख कर्णले पहिलो खोप लगाउने भएका हुन् ।

स्वास्थ्य कार्याल रामेछापका प्रमुख जितेन्द्र कर्णले नागरिकहरुको भ्याक्सिनको बारेमा विश्वास बढाउन आफू र डा. ग्वाछाले पहिलो खोप लिने निर्णय गरेको रामेछाप न्युजलाई बताए । उनका अनुसार भोली जिल्ला अस्पताल रामेछापमा बिहान साढे १० बजे खोप लगाउने कार्यक्रम रहेको छ । रामेछाप जिल्लामा पहिलो चरणमा १५ सय ९० डोज खोप आएको छ । खोप स्वास्थ्य कार्यालय रामेछापमा भण्डारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्