रामेछापमा कोरोनाविरुद्धको पहिलो खोप लगाउने कर्ण भन्छन–खोप लगाउन डराउनु पर्दैन



१४ माघ, रामेछाप ।
रामेछाप जिल्लामा कोरोना भाइरसविद्धरुको पहिलो खोप लगाएका स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले खोप लगाउन डराउन नपर्ने बताएका छन् । उनले आफूले खोप लगाउदा आफूलाई कुनै पनि असहज महशुस नभएको बताउदै नागरिकहरुलाई पनि ढुक्क भएर खोप लगाउन आग्रह गरेका हुन् ।

उनले रामेछाप न्युजसँग भने,‘मलाई कुनै असजिलो महशुस भएको छैन, नियमित काम गरिरहेका छु, खोपप्रति कुनै शकां नगरी लगाउन नागरिकहरुलाई आग्रह गर्दछु ।’ नागरिकहरुलाई विश्वास दिलाउन जिल्लामा जिल्ला अस्पतालका डा. रोशन ग्वाछा र आफूले संयुक्त रुपमा खोप लगाएर अभियानका सुरु गरेको कर्णले बताए ।

प्रतिक्रिया दिनुहोस्