रामेछापमा ३९ जनाले लगाए कोरोना भाइरसविद्धरुको खोप



१४ माघ, रामेछाप ।
रामेछाप जिल्लामा आजबाट सुरु भएको कोरोना भाइरसविरुद्धको खोप ३९ जनाले लगाएका छन् । आज पहिलो दिन स्वास्थ्यकर्मीहरुले खोप लगाएका हुन् । स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्ण र जिल्ला अस्पताल रामेछापका प्रमुख डा.रोशन ग्वाछाले संयुक्त रुपमा खोप लगाएर अभियान अगाडि बढाएका थिए ।

स्वास्थ्य कार्यालयका प्रमुख कर्णका अनुसार आज बिहान साढे दस बजेटबाट सुरु भएको खोप अभियान अन्तर्गत आज ३९ जनाले खोप लगाएको बताए । उनले रामेछाप न्युजसँग भने,‘खोप लगाएका सबैको अवस्था समान्य छ, कुनै पनि साइटइफेट देखिएको छैन् । खोप अभियान पनि भोली निरन्तर रुपमा सञ्चालन गरिने बताउदै उनले जिल्लामा १४ सय ७७ जनाले नाम लेखाएको बताए । रामेछापमा स्वास्थ्य मन्त्रालयले १५ सय ९० डोज भ्याक्सिन पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्