नेकपा रामेछापको युवा संघ र अनेरास्ववियुको नयाँ संयोजकमा लामा र घतानी चयन



१५ माघ, रामेछाप ।
नेकपा ओली समुह रामेछापले राष्ट्रिय युवा संघ र अनेरास्ववियुको नयाँ संयोजक तोकेको छ । आज सम्पन्न युवा विद्यार्थीको भेलाले राष्ट्रिय युवा संघको संयोजकमा गणेशबज्र लामा र अनेरास्ववियुको संयोजकमा टक बहादुर घतानीलाई नयाँ संयोजक चयन गरेको हो ।
अनेरास्ववियुको संयोजकमा घतानी, सह–संयोजकमा मनोज ओल, सचिवमा पुष्कर भट्टराईलाई चयन गरेको छ ।

त्यसैगरी युवा संघको संयोजकमा लामा, सह–संयोजकमा सुरेन्द्र कार्की, सचिवमा शिव सगर मगर र सदस्यहरुमा सविन कुमार राउत, मानजित माझी, नवराज तामाङ, दमराज तामाङ, लक्ष्मण राई, रामचन्द्र केसी लगायत रहेका छन् । नयाँ जिम्मेवारी पाउने संयाजक र पदाधिकारीहरुलाई बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवं नेकपा केन्द्रीय सदस्य कैलाश ढुंगेलले अनुशासित ढंगले जनताको मन जित्ने गरी काम गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्