रामेछापलाई समृद्ध बनाउन लागि परेको छुः मन्त्री ढुंगेल



१७ माघ, रामेछाप ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले रामेछाप जिल्लामा तीन बर्षमा विकास निर्माणको काम तीब्र गतिमा अगाडि बढेको बताएका छन् । उनले जिल्लाको समृद्धिको यात्रा सुरु भएको बताउदै भौतिक पूर्वाधार निर्माणको तीब्र गतिमा अगाडि बढेको बताएका हुन् ।

खाँडादेवी गाउँपालिका–४ पकरवासको वडा कार्यालय भवन र स्वास्थ्य चौकी भवनको उदघाटन गर्दै मन्त्री ढुंगेलले सरकारले विकासको आवश्यकता पहिचान गरेर बजेट विनियोजन गर्ने गरेको बताए ।

उक्त उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले गाउँपालिकाले लक्ष्य अनुसारको विकास निर्माणको काम अगाडि बढाउन सफल भएको बताए । उनले झण्डै चार बर्षको अवधिमा खाँडादेवी गाउँपालिकाभित्र धेरै काम भएको बताउदै जनताको चाहना र आवश्यकता अनुसार विकास निर्माणको काम अगाडि बढाइरहेको बताए ।

उक्त कार्यक्रममा खाँडादेवी गाउँपालिकाका उपाध्यक्ष मखमली श्रेष्ठ, नेकपा ओली समुह रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ, खाँडादेवी गाउँपालिका–४ पकरवासका वडा अध्यक्ष धनबहादुर मानन्धर लगायतको सहभागीता रहेको थियो ।कार्यक्रममा भवन निर्माणका लागि निशुल्क जग्गा उपलब्ध गराउने जग्गादाताहरुलाई मन्त्री ढुंगलले सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्