प्रचण्ड–नेपाल समुह रामेछापले माघ २३ गते मन्थलीमा शक्ति प्रदर्शन गर्ने



१७ माघ, रामेछाप ।
नेकपा प्रचण्ड–नेपाल समुह रामेछापले माघ २३ गते रामेछापमा पुनः विरोध सभा एवं शक्ति प्रदर्शन गर्ने भएको छ । प्रतिनिधिसभा विघटनको विरुद्ध प्रचण्ड–नेपाल समुहले घोषणा गरेको तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत मन्थलीमा माघ २३ गते विरोध प्रदर्शन गर्न लागिएको हो ।
नेकपा प्रचण्ड–नेपाल समुह रामेछापका सचिव शान्ति पौडेलले असंवैधानिक कदमको विरोधमा माघ २३ गते विरोध सभा आयोजना गरिने बताए । उनले सभामा जिल्लाका आठ वटै स्थानीय तहका नेता तथा कार्यकर्ताको सहभागीता रहनेछ । गत पुस ४ गते मात्र प्रचण्ड–नेपाल समुहले मन्थलीमा शक्ति प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्