नेकपा ओली समुह रामेछापले तीन हजार कार्यकर्ता काठमाडौं लैजाने
१८ माघ, रामेछाप ।
नेकपा ओली समुह रामेछापले माघ २३ गते काठमाडौंमा हुने शक्ति प्रदर्शन एवं जनसभाको लागि तीन हजार कार्यकर्ता लैजाने भएको छ । जनसभामा आठ वटै स्थानीय तहबाट तीन हजार कार्यकर्ता काठमाडौं लैजाने भएको हो ।
नेकपा ओली समुह रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले जिल्लाबाट तीन हजार कार्यकर्ता काठमाडौं लैजाने तयारी थालिएको बताए । उनले रामेछाप न्युजसँग भने,‘तीन हजार कार्यकर्ता लैजाने हाम्रो योजना छ, काठमाडौं लैजाने र ल्याउने खर्च सम्बन्धित गाउँपालिका र नगर कमिटीले बेर्होछ, नपुगेको जिल्ला कमिटीले व्यवस्थापन गर्छ ।’