लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष खडकाले पुनःसम्हाले जिम्मेवारी
१९ माघ, रामेछाप ।
लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडकाले पुनः गाउँपालिकाको अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । जबरजस्ती करणी उद्योगमा पक्राउ परेर चार महिना पुर्पक्षमा रहेका खडकालाई उच्च अदालत पाटनले ढरौटीमा रिहा गरेसँगै पुनः अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् ।
गाउँपालिकामा पुग्दा खडकालाई स्थानीय वासिन्दाले स्वागत गरेका थिए । नागरिकहरु माझ खडकाले आफूलाई नियतबस फसाइएको गुनासो गरे । शरीर बन्धक र जबर्जस्ती करणीमा र गठगीको मुद्दामा पक्राउ परेका खडकालाई जिल्ला अदालत रामेछापले जबरजस्ती करणी उद्योगमा पुर्पक्षको लागि जेल पठाउने फैसला गरेको थियो ।
उक्त फैसालप्रति विमती राख्दै खडकाले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । उच्च अदालतले खडकालाई ढरौटीमा रिहा गर्न आदेश दिएसँगै चार महिनापछि पुनः गाउँपालिका आएर अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । अध्यक्ष खडकाले जनताले भोट हालेर अध्यक्ष बनाएको बताउदै आफूलाई अदालतले पनि न्याय दिएको बताए । तर अदातलमा अन्तिम फैसला भने अझै गरिसकेको छैन् । आफू न्यायका लागि अझै लडिरहेकाले अदालतले पनि दिने उनले विश्वास व्यक्त गरे ।
गत साउन ३० गते पक्राउ परेका खडका झण्डै छ महिनापछि गाउँपालिकामा आएका हुन् । खडका सम्पत्ती सुद्धिकरणको अभियोगमा १० लाख, जबर्जस्ती कारणी उद्योगमा पाँच लाख र शरीर बन्धकको अभयोगमा दुई लाख गरी १७ लाख रुपैयाँ धरौटीमा गत पुस १९ गते रिहा भएका थिए । खडकाले आफू छुटेको खुसीयालीमा गाउँपालिकाको केन्द्र धोवी बजारमा भोज समेत खुवाएका छन् ।
सम्पत्ती शुद्धिकरण विभागका महानिर्देशक रुपनारायण भट्टराईले खडकालाई सम्पत्ति शुद्धिकरणको विषयमा अनुसन्धान जारी रहेको बताए । उनका अनुसार खडकाले महिनाको एक पटक विभागमा हाजिर हुने गरी ढरौटीमा रिहा गरिएको हो ।
